
काठमाडौँ, २२ चैत । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार अपराह्न ४ बजे बस्न लागेको हो ।
समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको एक नेताले जानकारी दिए । बैठकमा बजेटमा सरकारले समेट्ने कार्यक्रमका विषयमा नेताहरुले सुझाव दिने छन् ।