काठमाडौँ, ३० साउन । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक भोलिको लागि सारिएको छ ।
आगामी निर्वाचनलाई केन्द्रित गरेर बोलाइएको बैठक गृहकार्य नपुगेको भन्दै भोलिको लागि सारिएको हो ।
बैठक मंगलबार बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बताए ।







