Logo

माओवादी केन्द्रको बैठक सर्‍यो



काठमाडौँ, १ भदौ । आज विहान बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक दिउँसोलाई सारिएको छ ।

अन्तरिक छलफल गर्नुपर्ने भएकोले बैठक दिउँसो १ बजे मात्रै बस्ने तय भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा आगामी संघ र प्रदेशसभा निर्वाचनका लागि आवश्यक रणनीतिबारे छलफल हुने भएको छ। यस्तै नेताहरुको जिम्मेवारी बाँडफाँड, स्थायी समितीको पूर्णता तथा पोलिटब्युरो सदस्यको टुंगो लगाउने विषयमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्