काठमाडौँ, ४ भदौ । नेकपा (माओवादी केन्द्र)को महासचिवमा देवप्रसाद गुरुङ चयन भएका छन् ।
शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समिति बैठकले महासचिवमा देवप्रसाद गुरुङलाई चयन गर्ने निर्णय गरेको हो ।
त्यसैगरी पार्टीको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरा चयन भएका छन् । उपमहासचिवमा नेताहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, पम्फा भुसाल, शक्ति बस्नेत र मात्रृका यादव चयन भएका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।
त्यस्तै दिनानाथ शर्मा, चक्रपाणि खनाल, लिलामणि पोखरेल, देवेन्द्र पौडेल, हितमान शाक्य, हितराज पाँण्डे, डिलाराम आचार्य र राम कार्की सचिव भएका छन् भने कोषाध्यक्षमा श्रीराम ढकाल चयन भएका छन् ।







