Logo

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित



काठमाडौँ, १५ साउन । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो। संसद बैठक र अर्थमन्त्रीको शपथका कारण बैठक स्थगित भएको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए ।

आजको बैठकमा स्थायी कमिटी, पोलिटब्युरो पूर्णता र अर्थमन्त्री चयनलगायतका विषयमा छलफल हुने कार्यसूची थियो ।

प्रतिक्रिया दिनुहोस्