Logo

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु



काठमाडौँ, ३ भदौ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बैठक जारी छ ।

आजको बैठकबाट पदाधिकारी टुंगो लगाउने तयारी छ । पार्टीका कमिटीहरूलाई पूर्णता दिइने बताइएको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीमा नेताहरूको नाम प्रस्ताव गर्नेछन् ।

यसअघि, हिजो बस्ने भनिएको स्थायी कमिटीको बैठक नेताहरूको व्यस्तता र प्रतिनिधिसभा बैठकका कारण पटक-पटक स्थगित गर्दै आज बिहान बस्ने तय गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्