Logo

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै



फायल तस्बिर

काठमाडौँ, १२ माघ । सत्तारूढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने भएको छ । बैठकमा पार्टी संगठन विकास र विस्तार लगायतका समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ ।

आजको बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धिबारे पनि छलफल हुने छ । बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मिति तोक्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्