
काठमाडौँ, १९ माघ । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्ने भएको छ ।
बैठक केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा अपराह्न ४ बजे बस्ने पार्टीका केन्द्रीय कोषाध्यक्ष समेत रहेका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।
यसअघि बुधबारका लागि बोलाइएको बैठक पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताका कारण स्थगित गरिएको थियो ।







