Logo

माओवादी केन्द्रद्वारा आइसिटी फोरम गठन



काठमाडौँ, १० भदौ । नेकपा (माओवादी केन्द्र)ले आइसिटी फोरम गठन गरेको छ ।

आज पार्टी कार्यालय पेरिसडाँडामा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रिमोट थिचेर आइसिटी फोरमको विधान खोलेर उद्घाटन गरेका हुन् ।

अध्यक्ष प्रचण्डले पछिल्लो समय हल्लाकै भरमा सङ्गठन बनाउने प्रवृत्ति देखिएको भन्दै सकारात्मक काममार्फत पार्टीलाई जनतामा स्थापित गर्ने उद्देश्यले फोरम गठन गरिएको बताए । “यो सूचना प्रविधिको युग हो, यसको महत्व हामी सबैले बुझ्न जरुरी छ”, उनले भने, “राजनीतिक दल सफल बनाउनका लागि पनि सूचना प्रविधिको प्रयोग अपरिहार्य बनेको छ ।”

पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकको निर्णयअनुसार आइसिटी फोरम गठनको निर्णय भएको जानकारी दिदै अध्यक्ष प्रचण्डले फोरम ‘ग्रास रुट’सम्म विस्तार गर्न निर्देशन दिए । उनले समाजवादको आधार तय गर्नका लागि जनतासम्म पुग्ने गरी काम गर्न पनि निर्देशन गरेका थिए ।

“फोरमले पार्टीका नीति, विचार र कामलाई प्रचारप्रसार गरी जनतामाझ पु¥याउन सहयोग गर्नेछ”, उनले भने, “फोरम गठनले हल्लाकै भरमा सङ्गठन बनाउने परम्परा तोड्दै विचार, सिद्धान्त र नीतिलाई जनतामा स्थापित गर्नेछ ।” पार्टीको तीन महिने अभियान सफल बनाउन सूचना प्रविधिको प्रयोगमा जोड नवगठित फोरमलाई निर्देशन दिए । सूचना प्रविधिलाई पार्टीले जुन किसिमको महत्व दिएको छ सोहीअनुरुप काम गर्न उनले आग्रह गरेका हुन् ।

कार्यक्रम संयोजक माओवादी केन्द्रका केन्द्रीय सदस्य गोविन्द आचार्यले आइसिटी फोरमको केन्द्रीय तदर्थ समिति गठन गरिने समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्