Logo

माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक लाइभ गर्ने



काठमाडौँ, १५ साउन । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक लाइभ गर्ने भएको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकबाट यही साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीको बैठक लाइभ गर्ने निर्णय गरिएको सचिव दीनानाथ शर्माले जानकारी दिए ।

यसअघिको बैठक लाइभ हुने गरेको थिएन । यसअघि, सत्तासाझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक लाइभ गरएको थियो ।

प्रतिक्रिया दिनुहोस्