काठमाडौँ, १७ साउन । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने भएको छ ।
यसअघि पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेकोमा आज बसेको स्थायी कमिटि बैठकले लाइभ नगर्ने निर्णय गरेको माओवादी केन्द्रका उपाध्यक्ष एंव प्रवक्ता कृष्णबहादुर महरा जानकारी दिए ।
धेरैजसो नेताहरूले बैठकको लाइभ गर्ने बारेमा असन्तुष्टि जनाएपछि निर्णय स्थगित भएको हो ।





