Logo

माओवादी केन्द्रले टुङ्गो लगायो समानुपातिक सांसद



काठमाडौँ, २४ मंसिर । नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फको १४ जना सांसदको अन्तिम नामावली छनोट गरेको छ ।

माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाएको अन्तिम सूचीअनुसार दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल, छिरिङल्यामु लामा तामाङ, हितराज पाण्डे, ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी, नारायणी शर्मा, रुपा सोसीचौधरी, रणेन्द्र बराइली, सुशीला श्रीपाली ठकुरी, मीना यादव, उमरावतीदेवी यादव र कल्पना मियाँ रहेका छन् ।

माओवादी केन्द्रको आज बसेको केन्द्रीय पदाधिकारीको बैठकले ती नामावलीलाई अन्तिम रुप दिएको हो ।

प्रतिक्रिया दिनुहोस्