काठमाडौँ, ८ माघ । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ ।
माओवादीले माघ १२ गतेका लागि बैठक बोलाएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
उक्त बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, माघ अन्तिम साता हुन लागेको राष्ट्रपति, उपराष्ट्रपति निर्वाचन र पार्टीको भावी कार्ययोजनाबारे छलफल हुने बताइएको छ।







