Logo

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक



काठमाडौँ, २६ पुस । नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक आह्वान गरेको छ ।

उक्त बैठक आगामी शनिबार बिहान ११ बजेका बोलाइएको कोषाध्यक्ष तथा कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ ।

बैठकमा विधान संशोधनका विषयमा छलफल हुने उनको भनाइ छ । ढकालका अनुसार बैठकले विधान सम्मेलनको मिति तय गर्ने छ । माओवादीले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको छ । तर, मिति तोक्न बाँकी छ ।

पार्टीले चार महिनासम्म चलाएको रूपान्तरण अभियानको समीक्षा गर्ने एजेन्डा स्थायी कमिटी बैठकको छ । त्यसैगरी नेताहरूको कार्यविभाजन तोक्ने तयारी पनि छ ।

प्रतिक्रिया दिनुहोस्