Logo

माओवादी केन्द्रले सबै प्रदेशमा प्रशिक्षण दिने



काठमाडौँ, २५ असार । नेकपा (माओवादी केन्द्र)ले सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

आज बसको स्थायी कमिटी बैठकले साउन १६ गतेदेखि भदौ ३ गतेसम्म प्रशिक्षण दिने निर्णय गरेको कृष्णबहादुर महराले जानकारी दिए ।

उनका अनुसार साउन १८ गते गण्डकी, २० गते प्रदेश-१, २४ गते लुम्बिनी, २८ गते सुदूरपश्चिम प्रदेशमा प्रशिक्षण दिइने छ । साउन २९ गते कर्णालीमा, ३० गते विशेष प्रदेश, भदौ १ गते सम्पर्क समन्वय र ३ गते प्रवासको प्रशिक्षण गर्ने निर्णय गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्