Logo

सत्ता सहयात्री दलको बैठक बानेश्वरमा सुरु



काठमाडौँ, ११ पुस । नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितको सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।

मन्त्रालय भागबन्डामा छलफल गर्न केहीबेरअघि संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको हो ।

बैठकमा माओवादीका नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्ववा) का सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र जनता समाजवादी पार्टीका पदाधिकारी सहभागी छन् ।

नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आजै दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् । आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्