
काठमाडौँ, १७ साउन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को केन्द्रिय समितिको बैठकमा आज १८ जना सदस्यहरुले आफ्नो धारणा राखेका छन् ।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलको विषयहरु राखिसकेपछि १८ जना केन्द्रिय कमिटी सदस्यहरुले आफ्ना धारणा राखेका छन् ।
अध्यक्ष दाहालले संगठनात्मक संरचना चुस्त नभएको र अब चुस्त बनाएर लैजानुपर्ने धारणा राखेको केन्द्रिय कमिटी सदस्य माधव सापकोटाले जानकारी दिए ।
उनले बैठक लाइभ गर्नु भनेको मुल आत्मालाई मार्नु भएकाले बैठक लाइभ नगरिएको स्पष्ट पारेका छन् ।
उनले भने, “बैठक लाइभ गर्नु भनेको मुल आत्मालाई मार्नु हो । किनभने बैठक आन्तरिक हो, घरायसी हो । नेतृत्वको आलोचना गर्ने, सुझाव दिने कुरा हो । लाइभ गर्दा गोपनियता भंग हुन्छ । त्यसलाई आन्तरिक रुपमा सिमित गरिएको हो ।”





