Logo

माओवादी केन्द्रीय कमिटी बैठकमा आज प्रचण्डले जवाफ दिने



काठमाडौँ, २१ असार । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिँदै छन् ।

अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यले उठाएका प्रश्नको जवाफ दिन लागेका हुन् ।

हिजो र अस्तिको बैठकमा नेताहरुले पालिका  चुनावसम्बन्धी समीक्षा र पार्टी निर्माणबारे प्रश्न गरेका थिए । उनीहरुले केन्द्रीय समितिको पदाधिकारी र स्थायी कमिटी गठन गर्नुपर्ने माग राखेका छन् ।  यसपटक पनि पदाधिकारी चयनको विषय ओझेलमा पर्ने सम्भावना बढेको भन्दै नेताहरुले पदाधिकारी टुङ्ग्याउनु पर्नेमा जोड दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्