भद्रपुर, २६ चैत । नेकपा (माओवादी केन्द्र) भद्रपुर नगरको आज शनिबार ४ वटा वडाको बिस्तारित बैठक र दलित राष्ट्रिय मुक्ति मोर्चाको नगर भेला सम्पन्न भएको छ । वडा नम्बर १, २, ३ र ९ को बिस्तारित बैठकले वडा स्तरीय निर्वाचन परिचालन समिति र बुथ कमिटी गठन गरेको छ ।
पृथ्वीनगरको सोमबारेमा सम्पन्न वडा नम्बर १ को बैठकले मेदनी सिवाकोटीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । यसैगरी वडा नम्बर २ को बैठकले नरपति चापागाईको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन भएको छ ।
आजै भएको वडा नम्बर ९ को बिस्तारित बैठकले दिनानाथ उप्रेतीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ भने वडा नम्बर ३ को बिस्तारित बैठकले एनपी वनेमको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन भएको छ । बिस्तारित बैठकले टोल स्तरका कार्याक्रममा केन्द्रित हुने निर्णय गरेको नगर अध्यक्ष शिकुमार राजभण्डारीले जानकारी दिए ।
यसैगरी नेपाल दलित राष्ट्रिय मुक्ति मार्चा भद्रपुर नगरको भेलाले लगन रसाइलीको अध्यक्षतामा ५१ सदस्यीय नगर समिति गठन गरेको छ ।
बिस्तारित बैठकले माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य अग्नीले निर्वाचन पार्टी पक्षमा बनाउन बैठकमा निर्देशन दिए । बैठकमा क्षेत्र नम्बर ३ का इन्चार्ज डिल्लीराम घिमिरे हिक्मतले गठबन्धन हुने भएकाले त्यसै अनुसार उम्मेदवार तयार हुने बताए ।
कार्यक्रममा भद्रपुर नगर इन्चार्ज नरेश सञ्जेल, सहइन्चार्ज मेदनी सिवाकोटी, नगर कमिटी अध्यक्ष शिवकुमार राजभण्डारी, लगन रसाईली, शर्मिला विश्वकर्मालगायतले निर्वाचन माओवादीको पक्षमा बनाउनु पर्ने बताए ।