Logo

माओवादी केन्द्र मेचीनगर-११ का अध्यक्ष रिजाल पार्टीबाट निस्कासित



मेचीनगर, १९ जेठ । नेकपा माओवादी केन्द्र मेचीनगरले पार्टीका मेचीनगर-११ का वडा कमिटि अध्यक्ष रामकुमार रिजाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्कासन गरेको छ ।

पार्टीको निति तथा सांगठनिक मुल्य मान्यता र पद्धत्ति विपरित कार्य गरेको भन्दै माओवादी केन्द्रले रिजाललाई आजकै मितिदेखि साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासन गरेको माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरियाले जानकारी दिए ।

पार्टीका नगर अध्यक्ष चिमरिया र इन्चार्ज पुष्प गुरागाईले संयुक्त हस्ताक्षरित एक विज्ञप्ती जारी गर्दै रिजाललाई पार्टीबाट निस्कासन गरेको माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्