काठमाडौँ, ३१ साउन । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) ले संयुक्त रूपमा दल दर्ता गरेका छन् ।
आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनार्थ आज निर्वाचन आयोग पुगेर दुवै पार्टीले संयुक्त रूपमा दल दर्ता गरेका हुन् ।
दल दर्ताका लागि आज दिउँसो नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीका कर्मचारी निर्वाचन आयोगमा पुगेका थिए ।







