Logo

माओवादी घटकले दबाबमूलक कार्यक्रम संचालन गर्ने



काठमाडौँ, २६ फागुन । माओवादीका विभिन्न घटकको आज प्रधानमन्त्री निवास बालुवाटार भएको बैठकले दबाबमूलक कार्यक्रम गर्ने भएको छ ।

बैठकले शान्ति प्रक्रियाविरुद्ध षडयन्त्र भइरहेको निष्कर्ष निकाल्दै संयुक्त अपिल जारी गरी सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ । फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते अन्तरक्रिया गर्ने दलहरूको तयारी छ ।

बैठकमा माओवादी केन्द्र, नेसपा, नेकपा माओवादी क्रान्तिकारी, नेकपा, नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादीका शीर्ष नेताहरू सहभागी थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध द्वन्द्वकालीन विषयलाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि माओवादी घटकहरू निरन्तर छलफलमा केन्द्रित भएका छन् । यसअघि माओवादी धारका दलको बैठकले विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

सरकारले बिहिवार सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्