झापा, १७ बैशाख । नेकपा (माओवादी केन्द्र)का नेता राम कार्कीले नेपाली काँग्रेस र कम्युनिष्टबीच हुने सहकार्यले काँग्रेसलाई फाइदा भएको बताएका छन् ।
नेता कार्कीले भद्रपुरका बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको शनिवार आयोजित परिचयात्मक कार्यक्रममा उनले काँग्रेसले कम्युनिष्टसँग सहकार्य गर्दा काँग्रेसलाई फाइदा भएको बताए । उनले काँग्रेसको उदारवादी लोकतन्त्रको नीति नेपालमा कम्युनिष्टको पनि एजेण्डा भएको बताए । उनले भने, एमाले काँग्रेस काँग्रेस जस्तो छ, माओवादी पनि काँग्रेस काँग्रेस गनाउँछ ।
नेता कार्कीले काँग्रेस कम्युनिष्ट मिलेर नै गणतन्त्र आएको बताए । तर जनआन्दोलनमा राजतन्त्रको पक्षमा वकालत गर्ने केपी ओली र राप्रपा भएको आरोप लगाए । उनले केपी ओलीले सबै बर्बाद गरेको आरोप लगाए । उनले भने, जो मान्छे गणतन्त्रका लागि लडने त्यो गठबन्धनको पक्षमा छैन ।
नेता कार्कीले भारतको केरालमा कम्युनिष्टले शिक्षा, स्वास्थ्य जस्ता कुरामा चमात्कार गरेको बताए । उनले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार निर्वाचित भएपछि भद्रपुरमा कम्तिमा दश प्रतिशत शिक्षा र स्वास्थ्यमा खर्च गर्ने योजना बनाउनु पर्ने सुझाव दिए ।