काठमाडौँ, २९ चैत । राष्ट्रियसभा सदस्यमा मनोनित माओवादी केन्द्रका नेता नारायण दाहालले शपथ लिएका छन् ।
आज (मंगलबार) बिहान ११ बजे सपथ ग्रहण हुने संसद सचिवालयले जनाए पनि करिब साढे ११ बजे संघीय संसद सचिवालयमा एक कार्यक्रमका बीच दाहाललाई शपथ गराइएको हो । दिगो विकास समितिको हलमा राष्ट्रियसभा सदस्य गणेश तिमल्सिनाले उनको शपथ गराउँदै स्वागत गरे ।
मन्त्रिपरिषद् सिफारिसमा यहि चैत २५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई मनोनयन गरेकी थिइन्।
संविधानको धारा ८६ को उपधारा (२०) को खण्ड (ख) बमोजिम उनलाई सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गरेकी हुन् ।