Logo

माओवादी पदाधिकारी बैठकमा कन्द्रीय कमिटीका एजेन्डाबारे छलफल



काठमाडौँ, १० साउन । नेकपा माओवादी केन्द्रले साउन १७ गते बस्ने केन्द्रीय समिति बैठकको तयारीबारे छलफल गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकको एजेन्डाका विषयमा छलफल भएको छ ।

पार्टीका कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय समिति बैठकको सम्भावित एजेन्डाका बारेमा छलफल भएको माओवादी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

केन्द्रीय समिति बैठकमा पार्टीको दुई महिने अभियानको समीक्षा प्रतिवेदन तथा स्थानीय, प्रदेश र केन्द्रीय चुनावको समीक्षालगायतमा छलफल गर्ने माओवादीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्