काठमाडौँ, १५ भदौ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले सत्ता गठबन्धनमा तत्काल कुनै समस्या नआउने बताएका छन् ।
शुक्रबार पेरिसडाँमा आयोजित पत्रकार सम्मेलनमा उनले सत्ता साझेदार दल नेपाली कांग्रेससँग खटपट नभएको दाबी गरेका थिए ।
केही दिनअघिको संसद् बैठकमा कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्रीले उठाएको विषयबारे सञ्चारकर्मीको जवाफमा उनले त्यस्तो बताएका हुन् ।
“एउटा सांसदले उहाँलाई के लागेर त्यस्तो कुरा गर्नुभयो,” उनले भने, “राजनीतिमा कुन क्षण के हुन्छ भन्न सकिँदैन । मैले बुझेसम्म गठबन्धनमा कुनै समस्या आउँदैन । कांग्रेस र माओवादीका बीचमा त खटपट परेको छैन ।”
उनले गएको कांग्रेस केन्द्रीय समिति बैठकले दृढ रहने निर्णय गरेकोले पनि त्यस्तो नहुने बताएका छन् ।







