Logo

माओवादी संसदीय दलकाे नेतामा प्रचण्ड चयन



फाइल तस्बिर

काठमाडौँ, ७ पुस । नेकपा (माओवादी केन्द्र) ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत रूपमा चयन गरेको छ ।

आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो ।

आजै दिउँसो बसेको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेतामा चयन गर्ने निर्णय भएको थियो । त्यसपछि सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले यो निर्णय अनुमोदन गरेको हो ।

यस्तै बैठकले प्रतिनिधि सभाको प्रमुख सचेतकमा हितराज पाण्डे र राष्ट्रिय सभामा दलको नेतामा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्