काठमाडौँ, २५ पुस । नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक जारी रहेको छ ।
प्रतिनिधिसभाको बैठक अघि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा संसदीय दलको बैठक बसेको हो ।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार संसद्मा विश्वासको मत लिँदैछन् । बैठकमा तीनै विषयमा छलफल हुने बताइएको छ ।







