Logo

माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा भट्ट



कञ्चनपुर, १७ पुस । नेकपा (माओवादी केन्द्र)को सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन भएका छन् ।

आइतबार बसेको संसदीय दलको बैठकबाट उनलाई सर्वसम्मत दलको नेता चयन गरिएको हो ।

भट्ट पार्टीका प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य समेत हुन् । उनी योपटकको प्रदेशसभा निर्वाचनमा डडेधुराबाट निर्वाचित भएका थिए ।

सत्ता गठबन्धनबाट उनलाई प्रदेशको नयाँ मुख्यमन्त्रीका रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्