काठमाडौँ, १६ साउन । हास्य टेलिभिजन कार्यक्रम ‘कमेडी हब’मा हिन्दु देवता शिवको मजाक बनाइएको भन्दै विरोध भएपछि निर्देशक केदार घिमिरे (माग्ने बुढा)ले माफी मागेका छन् ।
आइतबार साँझ सार्वजनिक दशौँ भागको ट्रेलरमा देखिएको छोटो क्लिपका कारण कमेडी हब र केदारको चर्को विरोध भएको थियो । उक्त क्लिपमा शिवको चरित्रलाई उच्छृङ्खल देखाइएको थियो । सामाजिक सञ्जालमा विरोध भएपछि उक्त क्लिप युट्युबबाट पनि हटाइएको छ ।
केदारले माफी माग्दै लेखेका छन्, ‘हामीले प्रसारण गर्दै आइरहेको कमेडी हब कार्यक्रमको एक प्रस्तुतिमा आराध्यदेव माहादेवलाई लिएर बनाइएको बिषयबस्तु प्रति दर्शक तथा शुभचिन्तकज्युहरुले देखाउनु भएको प्रतिक्रियाप्रति हाम्रो ध्यानाकर्षण भएको छ । अन्जान मै हामी बाट भएको त्रुटीप्रति सम्पूर्ण दर्शकज्युहरु समक्ष हामी क्षमा माग्दछौं । साथै हामीले सम्पूर्ण दर्शक ,शुभचिन्तकहरुको सल्लाह र परामर्श बमोजिम यो बिषयबस्तुलाई युट्युब, टिकटक र फेसबुक सबैतिर बाट हटाइ सकेका छौ् । बम बम भोले । जय भोले ।’