काठमाडौँ, २२ वैशाख । तराईका विभिन्न जिल्लाबाट आएर आन्दोलनमा उत्रिएका मिटर ब्याजपीडितहरूले आफ्नो धर्ना कार्यक्रम जारी राखेका छन् ।
काठमाडौँको शान्तिबाटिकामा उनीहरूले धर्ना जारी राखेका हुन् ।
तराईका नवलपरासी, महोत्तरी, सर्लाहीलगायत विभिन्न जिल्लाबाट दोस्रो चरणमा समूहमा आएका उनीहरूले धर्नालाई निरन्तरता दिएका छन् ।
उनीहरूले आफ्ना माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । सञ्चारकर्मीहरूसँग मिटरब्याजपीडतले तमसुक, छिनुवा र चेक बाउन्स अवैध घोषणा हुनुपर्ने बताएका छन् ।
अहिले सबैभन्दा ठूलो समस्या मुद्दा परिरहेकाले मुद्दा स्थगित हुनुपर्ने र मुद्दा छिनोफानो भइसकेको भए पुनरावेदन हुनुपर्ने, पक्राउ पुर्जी रोक्नुपर्ने माग आफूहरूको रहेको उनीहरूको माग छ ।
उनीहरूले जेलमा भएका पीडितलाई ससम्मान रिहा गर्नुपर्ने माग गरेका छन् ।







