Logo

माछापुच्छ्रे बैंकद्वारा सामुदायिक विद्यालयको पूर्वाधार विकासमा सहयोग



काठमाडौँ, १० माघ । माछापुच्छ्रे बैंकले बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशका सामुदायिक विद्यालयको पूर्वाधार निर्माणमा सहयोग गर्ने भएको छ । बैंकले कर्णाली प्रदेशको शारदा नगरपालिका वडा नं. १५, माल्नेटा सुर्खेतको त्रिभुवन जनमाध्यामिक विद्यालयमा खानेपानीका लागि पूर्वाधार निर्माण गर्ने भएको छ । यसैगरी सुदूरपश्चिम प्रदेशको गोदावरी न.पा.वडा नं.०६, बडेहाँ कैलालीको शैलेश्वरी उच्चमाध्यामिक विद्यालयमा शौचालय निर्माण गर्न सम्झौता भएको छ ।

बैंकले बागमती प्रदेशको काठमाडौँ महानगरपालिका वडा नं. ४ लम्टङ्गीनको पञ्चकन्या आधारभूत विद्यालयको सभाहलको निर्माण गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । बैंकले सामाजिक उत्तरदायिकत्व अन्तर्गत विद्यालयको भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने भएको हो ।

विद्यालयको पूर्वाधार निर्माण गर्ने सम्बन्धि सम्झौतापत्रमा सम्बन्धित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्