मकवानपुर, २३ पुस । मकवानपुरको बागमती गाउँपालिका-४ स्थित बागमती नदीमा एक जना मृत फेला परेका छन् ।
बागमती गाउँपालिका-४ झारझुरेका वर्ष ३५ का गोपाल थिङ बागमती नदीमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
बागमती खोलामा माछा मार्न जान्छु भनेर आइतबार दिउँसो घरबाट निस्केका उनी अबेरसम्म पनि घरमा नफर्केपछि आफन्तहरूले खोजतलास गर्दै जाने क्रममा सोमबार बिहान २:१५ बजे बागमती नदीमा मृत अवस्थामा फेला परेको हो । प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ ।






