Logo

माटोको ढिस्कोमा पुरिएर सप्तरीमा एक जनाकाे ज्यान गयाे



सप्तरी, २ पुस । माटोको ढिस्कोले पुरिएर सप्तरीमा एक जनाको ज्यान गएको छ ।

सप्तरीको अग्निसाइर कृष्णसावरण गाउँपालिका-४ बनौलीका ४२ वर्षीय पर्शुराम यादवको माटोको ढिस्कोले पुरिएर ज्यान गएको हो ।

नदीको किनारमा पूजा गर्नका लागि माटो खन्ने क्रममा ढिस्कोले पुरिएर घाइते भएका उनको उपचारका क्रममा छिन्नमस्ता अस्पताल राजविराजमा ज्यान गएको हो ।

प्रतिक्रिया दिनुहोस्