Logo

माटोको ढिस्कोले पुरिँदा अछाममा एकैघरका दुई जनाको मृत्यु



कैलाली, २६ फागुन ।  माटोको ढिस्कोले पुरिँदा अछाममा एकैघरका दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको मंगलसेन नगरपालिका-८ सुतुडाका दुई जनाको वडा नम्बर-९ पान्लिभिडमा चैतेदसैंका लागि घर लिपपोत गर्नका लागि माटो ल्याउन जाँदा ढिस्कोले पुरिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी ईश्वरीप्रसाद भण्डारीले जनाकारी दिनुभयो ।

भण्डारीका अनुसार एकै घरका २७ वर्षीया जेठानी देउरुपा बोहरा र २३ वर्षीया देउरानी बिनिता बोहराको मृत्यु भएको हो ।

उनीहरू दिउँसो माटो खन्ने क्रममा ढिस्को खसेर पुरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्