बाजुरा, २१ माघ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु भएको छ ।
हिजाे स्वामीकार्तिक खापर-१ साप्पाटा मुक्तिकोट गाउँकी १४ वर्षीया शुसिला विककाे माटाेकाे ढिस्कोले पुरिएर मृत्यु भएको हाे ।
माटो खन्ने क्रममा ढिस्कोले च्यापिएर उनकाे ज्यान गएकाे वडा नम्बर १ का वडा सदस्य नन्दलाल धामीले जानकारी दिए ।






