काठमाडौँ, १९ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ जना सांसदविरुद्ध दायर गरेको तीन रिटमा सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा तोकिएको पेसी हेर्न नभ्याउने हुँदा स्थगित भएको छ ।
०७८ भदौ १७ गते दायर भएका रिटमा सोमबारसहित १६ पटक पेसी तोकिएको थियो । तर, आज पनि सुनुवाइ हुन सकेन ।
रिटमा प्रारमभिक सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा भएको थियो । प्रारम्भिक सुनुवाइपछि जबराको इजलासले कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई अन्तरिम आदेशको विषयमा छलफलका लागि उपस्थित हुन आदेश गरिएको थियो ।
त्यसपछि १५ पटक पेसी तोकिएपनि दुई पटक मात्र सुनुवाइ भएको छ ।







