काठमाडौँ, २७ साउन । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना भाइरस सङ्क्रमण भएको छ ।
बिहीबार गरिएको परीक्षणमा उनलाई कोरोना सङ्क्रमण देखिएको हो । अध्यक्ष नेपाल अहिले सामान्य लक्षणसहित घरमै आराम गरिरहेका एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीले बताएकी छन् ।
सङ्क्रमण पुष्टि भएसँगै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको पनि अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।