Logo

माधव नेपालले भने, ‘कांग्रेसका कारण केही स्थानमा पराजय भोग्नु पर्यो’



काठमाडौँ, २२ जेठ । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका कारण केही स्थानमा आफ्नो पार्टीले पराजय भोग्नुपरेको बताएका छन् ।

आइतबार काठमाडौंमा मुस्लिम इत्तेहाद संगठन नेपालको बैठकमा उनले कांग्रेस नेता–कार्यकर्ताले तालमेलअनुसार इमानदारीपूर्वक भोट नखसालेका कारण केही स्थानमा आफ्नो पार्टी हारेको बताएका हुन् ।

एकीकृत समाजवादीले जिते कांग्रेसलाई पनि फाइदा हुने भन्ने कुरा कांग्रेसले बुझ्न जरुरी रहेको उनको भनाइ छ । नेकपा (माओवादी केन्द्र)भित्र पनि यस्तै स्थिति रहेको उनले उल्लेख गरे ।

निर्वाचनमा मुस्लिम इत्तेहाद संगठनले खेलको भूमिकाको प्रशंसा उनले प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस्