Logo

माधव नेपालसँग पनि सीआईबीले लियो बयान



काठमाडौँ, ४ भाद्र । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि बयान लिएको छ ।

सीआईबीका एसएसपी दिनेश आचार्यले एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री नेपालसँग पनि गएराति बयान लिएको पुष्टि गरेका हुन् ।

गएराति नै सीआईबीले अर्का पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसँग पनि बयान लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्