Logo

माधव नेपालसहित १४ सांसद विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै



काठमाडौँ, २० चैत । आज सर्वोच्च अदालतमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार माधवकुमार नेपालसहित १४ जना सांसद विरुद्धको मुद्दामा सुनुवाइ हुँदैछ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुन लागेको हो ।

मुद्दा न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको जनाइएको छ ।

अध्यक्ष नेपालसहितका १४ जना सांसदहरुलाई दलबाट कारवाही गरेको तर सभामुख अग्निप्रसाद सापकोटाले कारवाहीको सूचना जारी नगरेको भनी एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । एमालेले नेकपा (एकीकृत समाजवादी) दल दर्ताको प्रक्रियामाथि नै प्रश्न उठाएर निर्वाचन आयोगविरुद्ध समेत मुद्दा हालेको छ ।

प्रतिक्रिया दिनुहोस्