Logo

माधव नेपाल भेट्न निवासमै पुगे ओली र प्रचण्ड



काठमाडौँ, २२ फागुन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवासमा पुगेका छन् ।

उनीहरू बालुवाटारमा जारी गठबन्धन बैठकको बीचमै माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् । साथमा एमाले नेता विष्णु पौडेल पनि छन् ।

सोमबार साँझ मात्र प्रधानमन्त्री प्रचण्ड नारायणकाजी श्रेष्ठलाई लिएर नेपाललाई भेट्न पुगेका थिए । नयाँ बनेको सत्ता गठबन्धनले अरू दलहरूलाई पनि सरकारमा सहभागी गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्