काठमाडौँ, १७ मंसिर । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
भेटमा दुवै नेता प्रतिनिसभा सदस्यमा निर्वाचित भएकोमा एक अर्कालाई बधाई दिएका छन् । दुई नेताबीच संसदीय निर्वाचनको समीक्षासमेत भएको थियो ।
उपसभापति खड्काको सचिवालयका अनुसार दुई नेताबीच वर्तमान सत्ता गठबन्धनलाई नयाँ सरकार बनाउन पनि निरन्तरता दिने र अरु दलहरूलाई पनि गठबन्धनमा सहभागी गराउन पहल गर्ने छलफल भएको छ ।
गठबन्धनको सरकार बनाउने विषयमा अध्यक्ष नेपालसँग सकारात्मक छलफल भएको उपसभापति खड्काको निजी सचिवालयले जानकारी दिएको छ ।







