काठमाडौँ, १२ मंसिर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको परिणाम आउँदै गर्दा पौडेल आज बिहान कोटेश्वरस्थित नेपाल निवास पुगेका थिए ।
भेटमा गठबन्धनलाई कायमै राख्ने विषयमा छलफल भएको र पौडेलले आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्न आग्रह गरेको स्रोतले जनाएको छ ।
जवाफमा माधव नेपालले पौडेललाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने बताएका छन् ।







