Logo

मानवीय सन्तुष्टिलाई हेरेर योजना बनाउनुपर्छ: कार्की



विराटनगर, १३ असार । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले मानवीय तथ भौतिक विकासलाई एकैसाथ लैजानुपर्नेमा जोड दिएका छन् ।

सोमबार विराटनगरमा आयोजित संयुक्त राष्ट्रसङ्घीय दिगो विकास कार्यक्रम सहयोग कार्यढांचा(२०२३-०२७)को तर्जुमाका लागि प्रदेशस्तरीय परामर्श कार्यक्रममा बोल्दै मन्त्री कार्कीले मानवीय सन्तुष्टिलाई हेरेर योजना बनाउनुपर्ने बताए ।

‘काठमाडौँमा बस्ने मानिसको विकासप्रतिको आकांक्षा र विराटनगरमा बस्नेको विकासप्रतिको आकांक्षा फरक छ । उनले भने, कसैलाई विहान बेलुका कसरी हातमुख जोड्ने भन्ने छ त कसैलाई सम्पत्तिको सुरक्षा कसरी गर्ने भन्ने छ । त्यस कारण हुँदा खानेलाई हुने खाने बनाउने र हुने खानेको सम्पत्तिको सुरक्षा कसरी गर्ने भन्ने योजनासाथ जानुपर्छ ।’

छलफल गोष्ठीले मात्रै लक्ष पुरा गर्न नसकिने उल्लेख गर्दै छलफलबाट निस्केको निष्कर्षलाई व्यवहारमा लागु गरेर कार्यान्वयन गर्नुपर्नेमा मन्त्री कार्कीले जोड दिए । ‘एउटा मात्र कुरालाई फोकस गरेर योजना बनायौँ भने त्यो सम्भव छैन ।

प्रतिक्रिया दिनुहोस्