Logo

मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै



काठमाडौँ, १४ साउन । मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदैछ ।

संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१३ देखि हरेक वर्षको जुलाई ३० मा यो दिवस मनाउन सुरु गरिएको हो ।

दिवसको अवसरमा विश्वभर मानव बेचबिखनविरुद्ध जनचेतचना जगाउने र बेचविखनमा परेका व्यक्तिको मानवअधिकार संरक्षण गर्ने कार्यलाई प्रचारप्रसार तथा प्रतिवद्धता व्यक्त गरिन्छ ।

संयुक्त राष्ट्रसंघको एक प्रतिवेदन अनुसार बेचबिखनमा परेकाको यकिन संख्या तोक्न कठिन भए पनि यीमध्ये २८ प्रतिशत बालबालिका छन् । ७० प्रतिशतभन्दा धेरै महिला बेचबिखनको शिकार हुन्छन् । दक्षिण एसियामा बेचबिखनमा पर्नेमा ४० प्रतिशत बालबालिका रहेको तथ्यांक छ ।

संयुक्त राष्ट्र संघका प्रमुख एन्टिनियो गुटेरेसले मानवको तस्करीलाई एक भयावह अपराधको संज्ञा दिँदै मानिसको अधिकार, सुरक्षा र गरिमामा चौतर्फीरूपमा आक्रमण भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्