Logo

मानव वेचबिखन गर्ने महिला पक्राउ



चितवन, ३ साउन । जिल्ला प्रहरी कार्यालयले मानव बेचबिखन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ पोखरीभञ्याङ गाउँपालिका–५ की ४० वर्षीया कल्पना महरा रहेको प्रहरीले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार भरतपुर महानगरपालिका–१ मा कल्पना होटल एण्ड गेष्टहाउस सञ्चालन गर्दै आएकी महरालाई पक्राउ गरिएको हो । महराले २२ वर्षीया युवतीलाई ललाइफकाइ अनैतिक कार्य गराई मानव बेचबिखन तथा ओसारपसार कार्य गरेको आरोपमा पक्राउ गरिएको उनले जानकारी दिए ।

पक्राउ परेकी उनलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्