रोल्पा, ९ कात्तिक । रोल्पाको गङ्गादेव गाउँपालिका-५ झाँक्रीसल्लामा मामाघर हिँडेका एक युवकको भिरबाट लडेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा रोल्पाको गङ्गादेव गाउँपालिका वडा नम्बर ७ आराखोलाका २२ वर्षीय अम्मर विक रहेका जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
मामाघर हिँडेका विकको मङ्गलवार बेलुका साढे ६ बजेको समयमा भिरबाट लडेर ज्यान गएको प्रहरीको भनाइ छ ।






