Logo

मायाको चिनो सेनिटरी प्याड



मेचीनगर, ३० जेठ । मेचीनगरको धुलाबारीमा भएको एउटा कार्यक्रममा आयोजकका तर्फबाट मायाको चिनोको रुपमा सेनिटरी प्याड अतिथिहरुलाई दिएको थियो ।

मेचीनगरमा दैनिक रुपमा बढ्दै गएको यौनजन्य हिंसाका घट्ना नियन्त्रण र कानूनी उपचारका विषयमा सञ्चालन गरिएको कानूनी साक्षरता कार्यक्रमका अतिथिहरुलाई आयोजकका तर्फबाट मायाको चिनो रुपमा सेनिटेरी प्याड प्रदान गरिएको कार्यक्रम संयोजक सृजीत ढुंगानाले जानकारी दिए ।

मेचीनगरका विभिन्न विद्यालयका ५० भन्दा बढी विद्यार्थीहरुको सहभागितामा रहेको कार्यक्रम ८ सय रुपैया खर्चमा सम्पन्न भएको कार्यक्रम संयोजक ढुंगानाले बताए ।

मेचीनगर लेडी जेसीज र धुलाबारी जुनियर जेसीजको संयुक्त सहकार्यमा सम्पन्न भएको कार्यक्रममा नेपाल बार एसोसिएशन झापाका सचिव हेमकला कट्टेलले सहजीकरण गरेकी थिइन् ।

कट्टेलले यौन दुव्र्यवहार, जबरजस्ती करणी, बलात्कार जस्ता घटनाहरु बढ्दै गएकाले यस्ता घटनाहरु सम्बन्धी हाम्रो देशमा के कस्ता कानुनी प्रावधान छन भन्ने विषयमा जानकारी गराएकी थिइन् ।

मेचीनगर उपप्रमुख मिना उप्रेतीको प्रमुख आतिथ्यता भएको कार्यक्रमको सञ्चालन अनु खरेलले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्