Logo

माल्दिभ्सलाई हराउँदै नेपाल क्वाटरफाइनलमा



चीन, १४ असोज । १९औँ एसियाली खेलकुदको क्रिकेटमा माल्दिभ्सलाई एक सय ३८ रनले हराउँदै नेपाल क्वाटरफाइनलमा पुगेको छ ।

नेपाल समूह ‘ए’ मा अपराजित रहँदै क्वाटरफाइनलमा पुगेको हो । जितका लागि २ सय १३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९ ओभर ४ बलमा ७४ रनमा अलआउट भएका हो ।

माल्दिभ्सका घानी अब्दुलले सर्वाधिक ३६ रन बनाए । नेपालका तीव्र गतिका बलर अभिनाश बोहोराले ६ विकेट लिएका थिए ।

हान्झाउमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ५२ रन बनाए । कुशल मल्ल ४७ रनमा अविजित रहे । कुशल भुर्तेल र गुलशन झाले समान ३५ रन जोडेका थिए ।

माल्दिभ्सका बदिउ इस्माइल नवाजले सर्वाधिक ३ विकेट लिएका हुन् ।

क्वाटरफाइनलमा भारत, पाकिस्तान, बङ्लादेश, अफगानिस्तान र श्रीलङ्का छन् । क्वाटरफाइनलको ‘ड्र’ भोलि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्